काठमाडौं, ९ फागुन-नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले २५ लाख कित्ता संस्थापक तर्फको शेयर लिलामीमा आवेदन दिने आज(आइतबार) अन्तिम दिन रहेको छ । बैंकले फागुन २ गतदेखि ९ गतेसम्म बोलकबोल गर्न सकिने गरी उक्त शेयर विक्री खुला गरेको थियो ।
एनबि ग्रुप नेपाल प्रालि, सांग्रिला इन्भेष्टमेन्ट प्रालि, एनबि इन्भेष्टमेन्ट प्रालि, मानाङ्क इन्भेष्टमेन्ट, दोलखा भीमसेन इन्भेष्टमेन्ट र हिमालयन क्यापिटलको स्वामित्वमा रहेको शेयर लिलामी गर्न लागेको हो ।
यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक ब्यक्ति फर्म कम्पनी तथा संगठित संस्थाहरुले तोकिएको मितिभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
न्यूनतम मूल्य प्रतिशेयर १४० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूतमम १ एक हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
FACEBOOK COMMENTS