काठमाडौं,चैत ६ – नेपाली युवाले अब उनीहरूकै लागि विषेश रूपमा तयार गरिएको एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्ने भएका छन् । एनसेलले विभिन्न सेवाको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो १ पावर सिम’ ल्याएको घोषणा गरेको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवा लिन सक्नेछन् ।
पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हंगामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने यो सिमका विषेशता हुन् । यसबाहेक ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन पाईने आकर्षक डेटा प्याकबाट फाइदा लिन सक्नेछन् ।
एनसेलका अनुसार ग्राहकहरूले करसहित मात्र ९९ रुपैयाँमा यो सिम लिन सक्नेछन् ।
सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा ९२५० एमबी फोरजी सहित०, १० मिनेट अन नेट टकटाइम र १०० वटा अन नेट एसएमएस पाउनेछन् । सिमसँगै बन्डल भई आउने पीआरबीटी ९सेवा र स्वतः आउने टोन० स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हंगामा म्युजिक प्रो सेवा सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुनेछन् ।
नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरातभित्रै १ सय रुपैयाँ वा सोभन्दा माथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा बोनस र माईफाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन् । प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि सोही दिनको मध्यरातसम्म हुनेछ । माईफाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माइ फाइभ नम्बरमा बिना कुनै शुल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरमा मात्र ९९ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिनेछ ।
यसका साथै यो योजनाअन्तर्गत ग्राहकले प्रत्येक १ सय रुपैयाँको खर्चमा ५०० एमबी (२५) एमबी अलटाइम र २५० एमबी फोरजी) बोनस डेटा १२ महिना सम्म प्राप्त गर्नेछन् ।
‘सही यो १ पावर सिम’ प्रयोग गर्ने ग्राहकका लागि आकर्षक डेटा प्याक पनि छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी गेमिङ प्याक र म्युजिक प्याक खरिद गर्न सक्नेछन् । ग्राहकले करबाहेक १ सय १० रुपैयाँमा गेमिङ प्याक सुचारु गर्न सक्नेछन्, जसअन्तर्गत सात दिन समयावधि रहेको २ जीबी प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस् (प्लेलाइभ, गेम्सपार्क र गेम्स प्लस) निःशुल्क सुचारु गर्न सक्नेछन् । त्यस्तै, ग्राहकले कर बाहेकमात्र रु. १०५ मा म्युजिक प्याक सुचारु गर्न सक्नेछन् । म्युजिक प्याकअन्तर्गत ग्राहकले सात दिन समयावधिको २ जीबी डेटा प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (हंगामा म्युजिक प्रो र दामी म्युजिक) निःशुल्क सुचारु गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS