काठमाडौँ, कार्तिक १८ – समुदास्तरमा कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा सातवटै प्रदेशमा नमूना सङ्कलन गरेको हो। महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्कलन गरिएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताए। “सातवटै प्रदेशमा विभिन्न समुदाय र समूहका मानिसको नमूना सङ्कलन गरिएको छ”, उनले भने, “अव चाँडै नै परीक्षण गरेर सङ्क्रमणको अवस्था पत्ता लगाइने छ।”
उनले परीक्षणका लागि चाहिने रिएजेन्ट आउने ढिलाइ भएकाले परीक्षण अर्को हप्ता मात्र गरिने बताए। परीक्षण गरेको एक हप्तामा नै नतिजा आउने उनको भनाइ छ। सरकारले कोभिड—१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्नका लागि अवस्थाबारे एन्टिवडी परीक्षण गरेर ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गर्न थालेको हो।
FACEBOOK COMMENTS