काठमाडौं, मंसिर १२ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्ष उदयमान खेलाडी घोषणा गरेका अभिषेक रिजाल र मञ्जली योन्जनलाई पूर्व घोषित पुरस्कार मोटरसाइकल र स्कुटर प्रदान गरेको छ ।
एन्फाले शुक्रबार एक कार्यक्रमकाबीच अभिषेकलाई यामाहाको मोटरसाइकल र मञ्जलीलाई स्कुटर हस्तान्तरण गरेको हो । एन्फाले गत वर्ष ‘एन्फा दिवस’ को अवसरमा २०७५ सालका उत्कृष्ट खेलाडी र व्यक्तित्वलाई पुरस्कृत गरेको थियो । पुरुषतर्फ अभिषेक र महिलातर्फ मन्जलीलाई उदीयमान खेलाडी घोषणा गरेको थियो ।
तर, पुरस्कार रकम प्रदान गरेको थिएन । यस्तै एन्फाले गत वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हरि खड्का र लाइफटाइम अचिभमेन्ट अवार्ड भगिरथ आले ‘मामा’ लाई मोटरसाइकल प्रदान गरेका छन् । मामा कार्यक्रममा उपस्थित रहेनन् ।
पुरुषतर्फ पूर्व फिफा रेफ्री लव खत्रीलाई मोटरसाइकल प्रदान गरिएको छ । महिलातर्फ उत्कृष्ट रेफ्री अस्मिता मानन्धर कार्यक्रममा सहभागी स्कुटर प्रदान गरिएको छ । एन्फाले गत वर्षदेखि बैशाख २२ लाई ‘एन्फा दिवस’को रुपमा मनाउने गरेको छ । यसवर्ष कोरोना महामारीका कारण ‘एन्फा डे’ स्थगित भएको थियो ।
FACEBOOK COMMENTS