काठमाडौं – अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले कोरोनाभाइरस नियन्त्रणकालागि चीनबाहिर रहेका आफ्ना सबै स्टोर बन्द गर्ने जनाएको छ।
एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले एक वक्तव्य जारीगर्दै प्रकोपको कारण मार्च २७ सम्मका लागि सबै स्टोरहरु बन्द गर्ने बताएका हुन् ।
यसबाहेक एप्पलको अनलाइन स्टोर भने खुल्ला रहने जनाइएको छ, तर त्यहाँ काम भने घरबाटै हुने बताइएको छ।
एप्पलले कोरोनाभाइरस नियन्त्रणका लागि डेढ करोड अमेरिकी डलर सहयोग गरेको छ।
FACEBOOK COMMENTS