काठमाडौं, मंसिर २४ – एप्पलले आफ्ना आइफोन र आइप्याडका लागि आइओएसको नयाँ संस्करण ल्याउने तयारी गरिरहेको छ। टेक राडरका अनुसार एप्पलले केही दिनमै सबै आइफोनहरुमा नयाँ आइओएस १४.३ सार्वजनिक गर्न सक्ने हल्ला फैलिरहेको छ।
एप्पलले यही डिसेम्बर १४ मा सार्वजनिक गर्न लागेको नयाँ सफ्टवेयरमा आइओएसको १४.३ पनि समावेश हुनसक्ने ‘एप्पल फिट्नेस प्लस’ले घोषणा गरेको हो। सो जानकारीको आधारमा कम्पनीले अर्को हप्ता आइओएसको नयाँ संस्करण ल्याउन सक्ने अनुमान गरिएको छ।
नयाँ सफ्टवेयर अपडेटमा कस्ता फिचर आउने बारे एप्पलले हालसम्म केही बोलेको छैन। तर, सफ्टवेयर डेभलोपरका अनुसार नयाँ अपडेट पछि आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्समा ‘प्रो र’ फिचर आउने सक्ने बताइएको छ।
यस सफ्टवेयर अपडेट अन्तर्गत एप्पलको फिटनेस एपमा ‘एप्पल फिट्नेस प्लस’ पनि आउनेछ र प्रयोगकर्ताले एप स्टोरमा गएर त्यसलाई डाउन्लोड गरिरहनु पर्दैन। ‘एप्पल फिट्नेस प्लस’ एप्पलको घडिमा पाउन प्रयोगकर्ताले वाचओएस ७.२ सफ्टवेयर अपडेट गर्नु पर्ने टेक राडरको भनाइ छ।
FACEBOOK COMMENTS