काठमाडौँ, असोज १० – एभरेष्ट बैंकले होटल अलफ्ट ठमेलसँग आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि सहकार्य गरेको छ । होटल अलफ्ट ठमेल एक पाँचतारे होटल हो जुन आफ्नो होटलको सुन्दर इन्टेरियर डिजाइनका लागि प्रख्यात रहेको छ ।
यस सहकार्यअन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले फूड, वेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मुल्यमा १५% छुट पाउनेछन् । हालको महामारीको स्थितिका कारण यो अफर टेक(अ वे सेवामा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भएलगतै यो अफर होटेल सेवामा पनि उपलब्ध हुनेछ ।
यस सम्झौताअन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्ड देखाएमा यो छुट पाउनेछन् ।
FACEBOOK COMMENTS