काठमाडौं, माघ १६- एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा डेढ अर्ब नाफा कमाएको छ ।अघिल्लो बर्ष पुस मसान्त अवधीमा एक अर्ब ४२ करोड रुपैयाँ बैंकले नाफा कमाएको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा ५.५९ प्रतिशतले बढेको हो ।
त्यसैगरी चालु आर्थिक बर्षको ६ महिनामा बैंकले वितरण योग्य नाफा ८६ करोड आर्जन गर्न सफल भएको छ ।यस अवधिमा बैंकको निक्षेप ८.९७ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९.२६ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब पुगेको छ । कले खुद ब्याज आम्दानी २ अर्ब ९० करोड रुपैयाँ गरेको छ ।
बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रहेको छ भने रिजर्भमा ९ अर्ब रहेको छ । बैंकको खराब कर्जा ०।१९ प्रतिशतबाट घटेर ०.१६ प्रतिशत कायम भएको छ । बैंकको प्रति शेयर आम्दानी (ईपिएस) ३५.४८ रुपैयाँ, प्रति शेयर नेट वर्थ २०६.५३ रुपैयाँ , र मूल्य आम्दानी अनुपात १६.८० गुणा रहेको छ । त्यस्तै बैंकको कोषको लागत ६.४४ प्रतिशत रहेको छ भने बेस रेट ८.४६ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS