काठमाडौं,माघ १५ – एभरेष्ट बैंकको ९५औं नयाँ शाखा ललितपुरको सानोगाउँमा सञ्चालनमा आएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५औं शाखाको सोहि नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
बैंकको नयाँ शाखा उद्घाटन समारोहमा बैंकका उच्च अधिकारीहरु लगायत विभिन्न प्रतिनिधिहरु र स्थानीयको समेत उपस्थितिमा रहेको थियो ।
सानागाउँका बासिन्दाहरुले अब आफ्नो घर ठाँउमा शाखामार्फत आधुनिक बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरुले पूर्ण बैंकिङ्ग सुविधाको लाभ लिन पनि सक्नेछन् ।
बैंकको ९५ स्थानीय संजाल, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमद्धारा ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS