काठमाडौं, पुस १७ – एभरेष्ट बैंक लिमिटेडले चितवनको हाकिम चोक मा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चोक शाखाको उद्घाटन गरे ।
उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत नेगीले हाकिम चोक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गराउने आश्वासन दिएका छन् ।
यसैगरी, बैंकले दाङको घोराहीमा पनि पुस १५ गतेबाट ९९ औं शाखा स्थापना गरी संचालनमा ल्याएको छ । घोराही स्थित शाखा पनि एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशब पौडेल र घोराही उप(महानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
FACEBOOK COMMENTS