काठमाडौं, भदौ १४ – स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका स्थित माझकोटमा बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ३५ वर्षीय भानुभक्त गैह्रे र २२ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा दुई घाइते भएका छन् ।
प्रहरीका अनुसार प्रहरीले उद्धार गरेर वालिङ अस्पताल लैजाँदै गर्दा उनीहरूको मृत्यु भएको हो । मृतक चापाकोट–९ का स्थानीय हुन् ।
काठमाडौंमा बिरामी छाडेर फर्केको चापाकोट अस्पतालको एम्बुलेन्स बिहान करीब सवा ४ बजेतिर वालिङ नगरपालिका–५ माझकोटका दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर ३१ वर्षीया गर्भवती पवित्रा गैह्रे र चालक २५ वर्षीय सुरेन्द्र भण्डारी घाइते भएका छन् ।
FACEBOOK COMMENTS