काठमाण्डौँ — एम्ब्रेयर कमर्सियल एभिएसनको पछिल्लो संस्करण इ१९०–इटू (इआरजे) विमानले नेपालमा आफ्नो पहिलो उडान गरेको छ ।
डेढ सयसम्म सिट क्षमताका कमर्सियल जेट विमान उत्पादनमा अग्रस्थानमा रहेको यो विमानले उडान गरेको हो।
स्विजरल्याण्डबाट भारत हुँदै शुक्रबार काठमाडौं आइपुगेको एम्ब्रेयर जेट विमानले सोमबार काठमाडौंबाट पर्वतीय उडान गरेको थियो।
सगरमाथा हिमाललाई उत्तरतिर पारेर फन्को लगाउँदै विमान पुनः काठमाडौं नै अवतरण गराइएको थियो।
युरोप टूर सकेर एशिया प्यासिफिक टूरकालागि पहिलो गन्तव्य नेपाललाई बनाएको एम्ब्रेयरले आफ्नो विमानलाई काठमाडौंबाट सोमबारै म्यानमारतर्फ उडाएको छ।
म्यानमारपछि यो विमान कोरिया, जापान हुँदै अष्ट्रेलिया पुगेर आफ्नो टूर समापन गर्ने छ।
— कान्तिपुर
FACEBOOK COMMENTS