काठमाडौं, असोज २१ – कैलालीका प्रहरी प्रमुखसहित २२ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक(एसपी) अनुपम शमसेर जबरा राणासहित २२ जनामा संक्रमण पुष्टि भएको हो।
आज कोरोना संक्रमण पुष्टि भएका २२ जना जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् प्रहरी कर्मचारी हुन्।
योसँगै सुदूरपश्चिममा बुधबारसम्म २ सय २८ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए।
संक्रमति भएकामध्ये १ सय २६ जना निको भएका छन् भने १ सय २ जना उपचाररत् छन्।
FACEBOOK COMMENTS