काठमाडौँ, १९ चैत –एसुसले आफ्ना दुई नयाँ रग गेमिङ ल्यापटप नेपाली बजारमा सार्वजनिक गरेको छ । एसुसले रग जेफाइरस डुओ १५ एसई (जीएक्स ५५१ क्यू एस) र रग स्ट्रिक्स स्कार १५ (जी५३३क्यू एस) सार्वजनिक गरेको हो ।
सुपर पर्फमेन्स र प्रिमियम लुक्ससहित बजारमा आएका यी दुवै एसुसका शक्तिशाली गेमिङ ल्यापटप हुन् ।
रग जेफाइरस डुओ १५ एसई (ROG Zephyrus Duo 15 SE)ल्यापटपको कुरा गर्दा यस ल्यापटपमा एएमडी RyzenTM 9 5900HX प्रोसेसर 3.3 GHz सीपीयू छ । यसमा १५.६ इन्चको फोर के यूएचडी डिस्प्ले छ । जसमा ३८४० गुणा २१६० पिक्सलको रेजुलेसन डिस्प्ले छ ।यसकाे डिस्प्ले एस्पेक्ट रेसियो १६:९ रहेको छ । १२० हर्जको रिफ्रेस रेट रहेको यस ल्यापटपमा १४ इन्चको फोर के टच स्क्रिनप्याड प्लस रहेको छ ।
रग जेफाइरस डुओ १५ एसई भएको नविन किसिमको रग स्क्रिन प्याड प्लसका कारण गेमरहरुले अन स्क्रिन गेमिङ र भिन्दै काम एकसाथ गर्न सेकेण्डरी स्क्रिनको सुविधा पाउन सक्छन् ।गेमरहरुले गेम खेलिरहँदा पनि स्क्रिन प्याड प्लस सेकेण्डरी प्यानल प्रयोग गरेर वेब ब्राउज, ईमेल पढ्न तथा च्याट म्यासेज गर्न पढ्न सक्छन् ।यसमा ब्युल्ट इन टु वे एआई नोइज क्यासिलेसन फिचर पनि छ जसले ल्यापटपबाट सम्पर्क गर्दा आवाज स्पष्ट बनाइदिन्छ । यसमा भएको डल्बी एटमोसले अडियोलाई स्पष्ट र क्रिस्प बनाएको छ । यो ल्यापटप अहिले नेपाली बजारमा चार लाख ९४ हजार ४४४ रुपैयाँमा खरिद गर्न सकिन्छ ।
रग स्ट्रिक्स स्कार १५ (ROG Strix Scar 15) पनि अर्को बलियो गेमिङ ल्यापटप हो । जसमा जी फोर्स आरटीएक्स ३०८० ग्राफिक्स छ । यसमा एएमडी रीजेन नाइन ५९०० एचएक्स मोबाइल प्रोसेसर सीपीयू छ ।
यसमा ३२ जीबीसम्मको डुअल च्यानल डीडीआर-३२ मेगाहर्ज मेमोरी छ । यसमा नयाँ फ्यान तथा लिक्विड मेटल कुलिङ फिचर पनि छ ।यसमा १५.६ इन्चको डब्लुक्युएचडी डिस्प्ले छ, जसमा २५६० गुणा १४४० इन्च रेजुलेसनको डिस्प्ले छ । यसको एसपेक्ट रेसियो १६:९ छ भने १६५ हर्जको रिफ्रेस रेट छ ।हाल यो ल्यापटप नेपाली बजारमा चार लाख ११ हजार १११ रुपैयाँमा उपलब्ध छ ।
FACEBOOK COMMENTS