काठमाडौं, १४ मंसिर – नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट समूहतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई विजयी भएका छन् ।
कडा प्रतिस्प्रर्धाका बीच संघाईले प्रतिद्वन्द्वी किशोर प्रधान प्यानलका सौरभ ज्योतिलाई जम्मा २१ भोटले पराजय गरेका हुन् । कुल ९०३ मतदातामा जम्मा ८ सय ९० खसेकोमा ज्योतिले ४३४ मत पाउदा संघाईले ४५५ मत पाएका हुन् । विजयी संघाई चन्द्रप्रसाद ढकाल प्यानलका हुन् ।
FACEBOOK COMMENTS