काठमाडौं, बैशाख २९- कोरोना भाइरसको जोखिम कम गर्न लागु गरिएको देशव्यापी लकडाउनसँगै देशका अधिकाश अस्पतालहरुको ओपीडी सेवाहरु पनि बन्द भएका छन् । ओपीडी सेवाहरु बन्द हुदाँ सर्बसाधरण जनताले स्वास्थ्य सेवा पाउन कठिन भएको छ । तर मन्त्रीपरिषद्को बैंठकले लकडाउन केहि खुकुलो बनाउँने निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाको ओपीडी सेवा सुचारु गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रका प्रमुख डा। गुणराज लोहनीले आइतबार एक विज्ञप्ती निकाल्दै कोरोना महामारीको जोखिमलाई लिएर बन्द भएका ओपीडी खुल्ला गर्न निर्देशन दिएका हुन् ।
सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको हुँदा सबै अस्पतालमा ओपीडी सेवा सुचारु गर्दा प्रत्येक अस्पतालले कोरोनाको जोखिमलाई ध्यानमा राखी सरकारले तोकेको संक्रमण रोकथाम र नियन्त्रणका सावधानीको मापदण्डको पालना गर्दै सञ्चालन गर्न विज्ञप्तीमा भनिएको छ ।
FACEBOOK COMMENTS