काठमाण्डौँ — मोबाइल शप केटिएम मोबाइल सेन्टरले नेपालमै पहिलो पटक ओपो मोबाइल ग्रेट एक्सचेन्ज मेला आयोजना गरेको छ ।
चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली ग्राहकहरुलाई ओपो मोबाइल उपलब्ध गराउने उद्देश्यका साथ एक्सचेन्ज मेला आयोजना गरेको हो ।
ताम्राकार मोबाइल कम्प्लेक्सको तेस्रो तल्लामा रहेको केटिएम मोबाइल सेन्टरसँगको सहकार्यमा ग्रेट एक्सचेन्ज मेला आयोजना गरेको छ ।
पुस २२ गते आइतवारदेखि शुरु भएको यो ग्रेट मोबाइल एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि मोबाइल फोन साटेर ओपोका नयाँ स्मार्टफोनहरु लान सक्नेछन् ।
ओपो ग्रेट एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना मोबाइल फोनहरु साटेर नयाँ ओपो फोनहरु लान सक्नेछन् ।
ओपोको ग्रेट मोबाइल एक्सचेन्ज मेला यहि माघ ६ गतेसम्म संचालन हुनेछ ।
FACEBOOK COMMENTS