काठमाडौ, कात्तिक १३ – अमेरिकाको बोस्टनमा हुँदै आएको इण्डिया इन्टरनेशनल फिल्म फेस्टिभल २०२० को विभिन्न विधाको पुरस्कार घोषणा गरिएको छ।
यसपालि फिल्म फेस्टिभल भर्चुअल रुपमा आयोजना गरियो। फेस्टिभलमा १५ भाषाका ११० भन्दा बढी फिल्म प्रदर्शन गरियो। जसमा बलिउडका दिग्गज अभिनेता ओम पुरीलाई लाइफ टाइम अचिभमेन्ट पुरस्कारबाट सम्मानित गरियो।
लाइफ टाइम अचिभमेन्ट अवार्डको पुरस्कार ओम पुरीकी पत्नी नन्दिता पुरीलाई हस्तान्तरण गरिनेछ। ओमको २०१७ सालमा निधन भएको थियो। निधनपछि उनका ९ फिल्म प्रदर्शनमा आएका थिए।
FACEBOOK COMMENTS