काठमाडौँ, माघ १६ – ओमनमा रहेको नेपालीलाई सतर्क हुन दूतावासले आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
कोरोनाभाइरसको अनुगमन र मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीकोे निर्णय अनुसार ओमानमा कोरोना भाइरसको संक्रमणबाट जोगिन थप सतर्क हुन निर्देशन जारी गरेको छ । उक्त निर्देशिका अन्तर्गत सामुहिकरूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा जमघट हुने कार्यमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ ।
दूतावासले पर्याप्त मात्रामा सामाजिक दूरी कायम गर्न एवम् भाइरसको संक्रमणबाट जोगिन रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न अपिलसमेत गरेको छ ।
नेपाल, ओमानलगायत प्रायः देशले यसको रोकथामका लागि भ्याक्सिनको प्रयोग गर्न शुरू गरिसकेका छन् । विभिन्न मुलुकमा यस भाइरस परिवर्तित स्वरूपमा फेला परिरहेको र उक्त परिवर्तित अझ बढी संक्रामक रहेको अनुसन्धानहरूले देखाएको छ ।
ओमानमा रहेका नेपालीलाई यस सम्बन्धमा थप केही बुझ्न परेमा दूतावासको सम्पर्क नं. २४६९६१७७ वा २४६९६८८३ अथवा दूतावासको हटलाइन ७१५९२४९० मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS