काठमाडौं, जेठ १ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शुरू गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत आज ५६० थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याईपुर्याइएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूताबास, विभिन्न नेपाली संघसंस्थाहरूको संयुक्त सहयोग र सहकार्यमा ७५ लाख रुपैयाँ बराबरको ती अक्सिजन सिलिण्डर नेपाल ल्याइएको हो ।
कोभिड–१९ संक्रमणबाट गम्भीर र जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको माग बढिरहेका बेला एनआरएनएको अगुवाइमा उक्त सिलिण्डर नेपाल ल्याइएको हो । संघले यसअघिनै विश्वव्यापी रुपमा सहयोग संकलनको अभियानको सुरुआत गरेको थियो ।
ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्टर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिण्डर तत्काल कोरोना संक्रमितहरु समक्ष पुगोस भनेर भोलि आइतवार नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS