काठमाडौँ, मंसिर ४ – ओरिण्टल होटल्स लिमिटेड (र्याडिसन होटल) को साधारणसभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न तेइसौं वार्षिक साधारण सभामा कम्पनीको अध्यक्ष श्रीमति सुभद्रा श्रेष्ठले होटलको अवको रणनिति कर्मचारी दायित्वलाई कम गर्ने, अन्य खर्चहरुमा पनि ब्यापक कटौति गर्ने, होटलका सेवाहरुलाई थोरै मानव संशाधन प्रयोग गरेर नेपाल सरकारले जारी गरेका सुरक्षाका उपायहरु प्रयोग गरि मांग अनुसार ब्यवसाय गर्ने रणनीति अबलम्बन गर्ने जानकारी दिएकी हुन् ।
कोभिड १९ को प्रभावले पर्यटकहरु आगमनमा कमी भएपछि होटलको खुद नाफा समेत गत आव २०७६।०७७ मा अघिल्लो आवको तुलनामा २४ करोड १६ लाख रुपैयाँले घटेको छ। गत आवमा होटलले ६।६९ करोड मात्र खुद नाफा कमाएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । अघिल्लो वर्ष यस्तो नाफा ३०।८५ करोड थियो ।
यसैगरी अब आउने दिनहरुमा कोभिड १९ को प्रभाव कहिले सम्म रहन्छ भन्ने यकिन गर्न नसकिने भएकोले होटलले नेपाल सरकारसँग सहुलियत ब्याजदर मांग गर्ने, कोभिडको समयलाई उच्चतम उपयोग गरि हाल चालु अवस्थामा आफ्नै जग्गामा निर्माणधीन रहेका परियोजनालाई निरन्तरता दिई चाँडै सम्पन्न गर्ने योजना बनाएको छ ।
अध्यक्ष श्रेष्ठले सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६र०७७ मा होटलको कूल आम्दानी ७८.८३ करोड रहेको जानकारी दिइन् । सो अवधिमा होटलको कूल सञ्चालन खर्च ६७।८९ करोड भई जम्मा ११।४४ करोड सञ्चालन नाफा गरेको र सम्पूर्ण खर्चहरु कट्टा गरि खूद मुनाफा ६।६९ करोड मात्र कमाएको श्रेष्ठले जानकारी दिइन् । कम्पनीको तेइसौं वार्षिक साधारण सभा र्याडिसन होटल, लाजिम्पाटबाट भर्चुअल माध्यम जुम एपबाट अध्यक्ष श्रीमति सुभद्रा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
FACEBOOK COMMENTS