काठमाडौं, चैत ४ –वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रूपमा निर्णय गरेपछि आफूहरू कार्यकर्ता भेला गर्न बाध्य भएको बताएका छन् ।
ललितपुरमा शुरू कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिन आजको भेला आयोजना गरिएको बताएका हुन् ।
‘सर्वोच्च अदालतको आदेशबाट एमाले ब्युँतिएपछि नेताहरूसँग छलफल गरेर केन्द्रीय कमिटीको बैठक राख्नुपर्नेमा बालुवाटारमा गुट बैठक राखेर जुन निर्णय गर्नुभयो, विधान अनुकुल नभएको निर्णय गरेर केपी ओलीले हाम्रो पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजानुभयो,’ खनालले भने ।
ओलीले पार्टीमा मनपरितन्त्र लागू गरेको आरोप खनालले लगाए । सरकारका तीनवटा नीति तथा कार्यक्रम र बजेटमा पार्टीका कार्यदिशा, नीति र सोच कार्यान्वयनमा आएनन् । नेतृत्व दक्षिणपन्थी भासमा गयो,’ खनालले भने । नेकपा एकतालाई पुरानै अवस्थामा फर्काइदिने सर्वोच्च अदालतको फैसलालाई खनालले रहस्यमय र राजनीतिक फैसलाको संज्ञा दिए ।
FACEBOOK COMMENTS