काठमाडौं, फागुन २३ – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । ओलीले आइतबार साढे ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । पछिल्लो विकसित घटनाक्रमपछि ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालतले दुई खेमामा बाँडिएको हालको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी फैसला गरेको छ ।
राजनीतिक विषयवस्तुमा प्रवेश गरी अदालतले गरेको यो फैसलासँग हाल सत्ताबाहिर रहेका एमाले पृष्ठभूमिका नेकपाका नेताहरु एमालेका सांसदको रुपमा रहनेछन् भने हाल सत्तारुढ खेमामा रहेका माओवादी केन्द्रका सांसदहरु माओवादी केन्द्रको सांसदको रुपमा रहनेछन् । सर्वोच्च अदालतको यो फैसलाले हालको राजनीतिक परिस्थितिलाई थप जटिल बनाएको छ ।
FACEBOOK COMMENTS