काठमाण्डौँ — सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्।
औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ।
विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा बढी महँगो रहेको तथ्य फेला परेको हो।
देउराली जनता फर्मास्युटिकल्स प्रालि (डिजेपिएल)ले उत्पादन गरेको ‘जेनेरिक’ नाम यामिप्रिल’ भएको रक्तचापकोर्यामिप–२.५ ब्रान्ड नाम भएको औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रति ट्याब्लेट ११ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ।
सोही जेनेरिक नाम भएको रक्तचाप थेरापीमा प्रयोग हुने विदेशबाट आयातित कारडेस–२.५ ब्रान्डको औषधि भने प्रतिट्याब्लेट एक रुपैयाँ ३४ पैसामा उपलब्ध छ।
यो मूल्य अन्तर ८ गुणाभन्दा बढी हो।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले भने विभागले प्रभावकारी ढंगले अनुगमन गर्ने तयारी गरेको बताए।
— नागरीक
FACEBOOK COMMENTS