काठमाडौं, कात्तिक २४ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट गर्न नसकिने जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिएको समाचार आए पनि त्यसमा सत्यता नरहेको बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।
परीक्षा सञ्चालन कार्यविधिमा अनलाइन प्रविधिबाट परीक्षा गराउने विषय नसमेटिएको भन्दै बोर्डले अनलाइनबाट परीक्षा गराउने कुनै सम्भावना पनि नरहेको जनाएको हो ।
FACEBOOK COMMENTS