काठमाडौं,फागुन १- न सावधानी छ न त भौतिक दूरी । लाग्छ– कोरोना छ भन्नेमा कसैलाई हेक्का छैन । सरकारले लगाएका प्रतिबन्ध सबै खुलिसके । त्यसमाथि दलहरूले हजारौं सर्वसाधारण भेला पार्ने प्रतिस्पर्धा गराएर ‘राजनीतिक मेला’ लगाइरहेकै छन् । तर, कोरोना भने घट्दै–घट्दै गएको देखिन्छ । कारण के हो ? हामीले विज्ञहरूसँग जिज्ञासा राखेका छौं । प्रस्तुत छ, उनीहरूका धारणा–
कोरोना भाइरस लामो समयसम्म रहँदैन । संक्रमणले एउटा उचाइ लिइसकेपछि घट्न सुरु भएको छ । शरीरमा एन्टिबडी (रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति)को विकास भई हर्ड इम्युनिटी (प्राकृतिक रूपमा समुदायको धेरै जनसंख्यामा प्राप्त रोग प्रतिरोधात्मक क्षमता)का कारण पनि संक्रमणदर घटेको हुन सक्छ ।
FACEBOOK COMMENTS