काठमाडौं, फागुन २४ – कतारको वयस्क जनसंख्या मध्ये १० प्रतिशतले कोरोनाविरूद्धको खोप लगाएका छन् । राष्ट्रिय खोप कार्यक्रम शुरू भए यता ३ लाख २७ हजार ५८२ जनाले खोपको पहिलो डोज लगाएको कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फाइजर र बायोएनटेक भ्याक्सिनको साथसाथै मोडर्ना कम्पनीको खोप उपलब्ध भएपछि खोप अभियान तीव्र गतिमा अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जनसंख्याको सबैभन्दा जोखिममा ६० वर्षभन्दा माथिका आधाभन्दा बढी व्यक्तिहरूले खोपको कम्तीमा पहिलो डोज प्राप्त गरिसकेका जनाएको छ ।
FACEBOOK COMMENTS