काठमाडौँ, १६ माघ – नेपालले कतारविरुद्ध हुने मैत्रीपूर्ण टी-२० का लागि अधिकांश नयाँ खेलाडीसहित १८ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
टोलीमा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी लगायतका खेलाडी अटेका छैनन् । बलिङ अलराउन्डर कृष्ण कार्की ९ वर्षपछि सिनियर टोलीमा मौका पाएका छन्।
त्यस्तै सौरभ खनालले पनि अवसर पाएका छन्। उनले प्रधानमन्त्री कपमा लुम्बिनीबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । सौरभले ४ खेलमा कुल १ सय ८२ रन बनाएका थिए। सौरभले पुलिसविरुद्ध ७४ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
प्रदेश २ बाट विवेक यादवले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले पनि मौका पाएका छन्। विवेकले ४ खेलमा १ सय ६७ रन जोडेका थिए। उनले पहिलो खेलमा लुम्बिनीविरुद्ध ५१ रन बनाउँदै बाहिरिएका थिए। दोस्रो खेलमा विवेकले बागमती प्रदेशविरुद्ध ६६ रनको इनिङ खेले। तीव्र गतिका बलर उनले ४ विकेट पनि लिएका थिए ।
त्यस्तै लुम्बिनी प्रदेशका कप्तान कृष्ण कार्कीले प्रधानमन्त्री कपमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए । उनले तल्लो क्रममा ब्याटिङ गर्दै ४ खेलमा १ सय ६ रन बनाएका थिए । बलिङमा ८ विकेट लिएका थिए । आशिफ शेखले एपिएफबाट उत्कृष्ट खेलिरहेका छन्।
टोलीमा आक्रामक ब्याट्सम्यान सौरभ खनाल, आशिफ शेख, साहब आलमले मौका पाएका छन् । नेपालले कतारसँग तीन टी-२० आई सिरिज खेल्ने तय भएको छ। पहिलो खेल फ्रेबुअरी ९, दोस्रो १० र तेस्रो १२ मा निर्धारित भएको छ।
विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, बिबेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलम ।
FACEBOOK COMMENTS