–सेफ लक्षमन प्रसाद भण्डारी
“”चोक्टा खान गइ कि बुडी झोल मा डुबेर मरी””
“”जात फाल्नु गहतको झोलमा””
“जसलाई गर्यो हेला उसकै पर्छ फेला” भनेझै अब जमाना ढेडो रोटो र झोलकै छ । बिरामी भयो झोल ,सुत्केरी भयो झोल ,खानदानी देखाउन पनि पहिला खानुपर्ने झोल (सुप) ,स्लिम हुन पर्यो खाना नै झोल (सुप) गरिबको त छाकनै झोल ।
झोलको गुण
नेपाली खाना अनि झोल बिरलैलाई थाहा नहोला ? नभए पनि यो लकडाउनले त अवस्य सिकायो कि | ज्वानोको झोल त हरेकलाई थाहा नै हुनुपर्ने हो । सुत्केरी सुत्केरी बसाउछ होइन ? अहिले त झन् राष्ट्रिय खाना गुन्द्रुकको झोल भै सक्यो ।
नेपालमा बस्दा मातेका हामी मुग्लान पसेका ७० लाख नेपालीलाई सोधौं ? त ! गुन्द्रुकको झोल या अन्य झोलको महत्व ।
जे होस् झोलको महिमा अपारम्पार छ ।
क्वांटी होस कि गहतको झोल
गुन्द्रुकको झोल या सिन्कीको ,
ज्वानोको झोल होस् या मरौटिको
मोहीको झोल होस् कि बोडीको
कुखुरोको होस् या खसीको झोल सबैको आ आफनै महत्व छ । अनि मानिस पिच्छेको रोजाई ।
अहिले त सिस्नोको झोलले पनि बडा ठाउँ लिएको छ । आलु केराउकोको झोल त सेलरोटि को सितन नै हो भन्दा हुन्छ । नेपाली खाजामा, अलुतामा बोडीलाई कसरि बिर्सनु चिउरासंग झ्वाम । म कहिलै बिर्सन सक्दिन अामाले कहिले कुल्लेचौरे अालु थिचेर कहिले मुला थिचेर बनाएको झोल ।
अति सरल पचाउन सहज र अचुक औसधि पनि हो झोल
जे को पनि झोल बनाउनुहोस लसुन, टिमुर , मेथी हिङ्ग या जीरा बेसरलाई फुराउन नछोड्नुहोस अति स्वादिस्ट झोलसंग रमाउनुहोस् । झोलले शरीरलाई गर्माहट पैदा गर्दछ र रुघाखोकी बाट बचाउछ । कुनै पनि झोललाई बाक्लो गर्नु छ भने थोरै कुनै पिठो (मकै चामल गहु फापर चना कोदो ) हल्का घ्यु या तेलमा भुटेर राख्न सक्नुहुन्छ । साथै, भट्ट्मास या तिललाई भुटेर पिसी धुलो पनि प्रयोग गर्न सक्नुहुन्छ । जसबाट यो बाक्लो हुनुका साथै स्वादमा पनि निखार ल्याउछ । मासुहरूको हकमा प्याज र गोलभेडालाई प्रयोग गर्न सक्नु हुन्छ । कुनै पनि तरकारीलाई सुक्खा प्रयोग गर्दा जति पौष्टिक तत्वहरु पाउनुहुन्छ झोल बनाएर पिउदा १० देखि ४० गुना धेरै पौष्टिक तत्वहरु पाउनुहुन्छ । खाना खानु भन्दा पहिला केही न केही झोल पिउनु भयो भने भोकलाई अझ बढाउदछ । झोललाई अझ बढी स्वादिलो बनाउनु छ भने जाइफल या ल्वांग पनि प्रयोग गर्न सक्नु हुन्छ । सुप भन्नु नै झोल हो । तपाईको रैथाने शब्दले नै तपाई को खाना को पहिचान दिन्छ !
हात जोडी नमस्कार गरौ ,घरमा बसौ ,झोल पिउ ,कोरोनाबाट बचौ ।
FACEBOOK COMMENTS