काठमाडौं, भदौ ११ – नेपाल बंगलादेश बैंकले कनेक्ट आईपीएसमा खाता लिंक गरी भेरिफाई गराउने सम्पूर्ण प्रक्रियालाई स्वचालित गरी अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाएको छ ।
यस व्यवस्थासँगै बैंकका ग्राहकले अनलाइनबाटै कनेक्ट आईपीएसमा आफ्नो खाता भेरिफाई गराउन सक्नेछन् भने बैंकको शाखा नै पुगेर फाराम बुझाई भेरीफाई गराउने बाध्यताको पनि अन्त्य भएको बैंकले जनाएको छ ।
बैंकका ग्राहकले कनेक्ट आईपीएसमा ‘लिंक अकाउन्ट’ भित्र आफ्नो खाता लिंक गरिसकेपछि सेल्फ भेरिफाई अकाउन्टमा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्नेछन् । यस प्रक्रियामा ग्राहकको विवरण, ओटीपी र माइक्रो निक्षेपका आधारमा सुरक्षित रुपमा अनलाइन भेरिफिकेसन हुने व्यवस्था रहेको जनाएको छ ।
FACEBOOK COMMENTS