काठमाडौं, भदौ ९ – कपिलवस्तुमा दुई पत्रकारसहित थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछ्रिल्लोपटक प्रेस युनियन जिल्ला अध्यक्ष र नेपाल टेलिभिजनका सम्वाददातामा संक्रमण पुष्टि भएको हो । कपिलवस्तुमा अहिलेसम्म छ जना पत्रकार कोरोना संक्रमित भएका छन् ।
त्यस्तै दुई सरकारी विद्यालयका शिक्षक र एक निजी विद्यालयका शिक्षक, विद्युत प्राधिकरणका दुई कर्मचारी, मालपोतका एक कर्मचारी, मायादेवी गाउँपालिका वडा नम्बर १ का वडा सचिव र कांग्रेस महासमिति सदस्य पनि संक्रमित भएका छन् ।
किराना पसल सञ्चालक, एउटै मेडिकल पसलका दुई जना, सशस्त्र प्रहरी एक, ईन्जिनियर एक, महाराजगञ्ज नगरपालिकाका कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । हालसम्म कपिलवस्तुमा संक्रमितको संख्या १ हजार ६५ पुगेको छ ।
FACEBOOK COMMENTS