काठमाडौं, चैत २४ –नेपाली कथानक चलचित्र ‘कबड्डी ४’को शीर्ष भूमिकाका लागि २ अभिनेत्री फाइनल भएका छन् । चलचित्रको शीर्ष भूमिकामा रहेर मिरुना मगर र गौमाया यात्रीले अभिनय गर्ने भएका छन् चलचित्र निर्देशक रामबाबु गुरुङले मिरुना र गौमायालाई चलचित्रका लागि पक्का गरेको बताएका छन् । उनीहरुसँग ६ महिना अघिबाटै कुरा गरिरहेको गुरुङको भनाइ छ । अहिले मिरुना र गौमाया नेपालमा आएर चलचित्रको वर्कसपमा सहभागी भएका छन् ।
मिरुनाले यसअघि नै केही नेपाली चलचित्रमा काम गरिसकेकी छन् । गौमायाले भने अहिलेसम्म कुनै पनि चलचित्रमा अभिनय गरेकी छैनन् । गौमाया भ्लगर हुन् ।चलचित्रमा अभिनेता दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले तथा जयनन्द लामाले यसअधि नै चलचित्रमा अभिनय गर्ने पक्का भइसकेको छ ।
कबड्डीको चौथो सिरिज घोषणा गरेका रामबाबुले यसलाई अन्तिम सिरिज भएको बताउँदै आएका छन् । वैशाखबाट चलचित्रको छायांकन सुरु गर्ने मनस्थितिमा रहेका रामबाबुले छायाङ्कनमा जानु अघि सबै कलाकारको पिसिआर परीक्षण गर्ने बताएआगामी असोज १५ गतेलाई चलचित्रको रिलिज मिति पक्का गरिएको छ ।
FACEBOOK COMMENTS