काठमाडाैं, मंसिर ३ – फेसबुकले अमेरिकाकी नव–निर्वाचित कमला ह्यारिसबारे विभिन्न जातीवादी र महिला विरोधी आपत्तिजनक सामग्री, मीम्स र कमेन्ट हटाइदिएको छ ।
बीबीसीले फेसबुकलाई यसबारे जानकारी दिएपछि यस्तो गरिएको हो । बीबीसीले फेसबुकलाई यस्ता तीन समूहबारे जानकारी दिएको थियो जसले लगातार घृणायुक्त सामग्री पोस्ट गर्ने गर्छन् ।
फेसबुकका अनुसार उसले आफ्नो मञ्चबाट घृणा फैलाउने ९० प्रतिशत सामग्रीलाई ऊजुरी गर्नुअघि नै हटाएको छ ।
यद्यपि, कमला ह्यारिसबारे घृणायुक्त सामग्री हटाएपछि फेसबुकले यी सामग्री पोस्ट गर्ने समूहविरुद्ध आफूहरुले कुनै कारवाही नगर्ने बताएको छ ।
मिडियाको निगरानी गर्ने एक संस्था मिडिया म्याटर्सका अध्यक्ष एन्जेलो केरुसोनले यसबारे भने, ‘मिडियाको उजुरीपछि सामग्री हटाउनुले यो दर्साउँछ कि फेसबुकको नियम र दिशानिर्देश कति खोक्रो छन् र यसको पालनाका लागि उनीहरु शून्य बराबरको प्रयास गर्छन् ।’
FACEBOOK COMMENTS