काठमाण्डौँ — सिन्धुलीको कमलामाई नगरपालिकाले प्लास्टिकजन्य फोहोर खरिद गर्ने भएको छ ।
नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै नगरबासीले प्रयोग गरेर फालिएका प्लास्टिकजन्य फोहोर खरिद गर्ने जनाएको हो ।
एउटा खानेपानीको खाली बोत्तलको ५० पैसाको दरले खरिद गर्ने र चाउचाउ, चक्लेटका खोल लागाएत अन्य प्लास्टिकजन्य फाहोरहरु किलोको ५० रुपैयाँमा किन्ने सुचनामा उल्लेख गरिएको छ ।
तर सोझै स्थानीयसँग नभई टोल विकास समिती मार्फत नगरपालिकाले प्रती के.जि.१० रुपैयाँका दरले फोहोर खरिद गर्ने निति लिएको जनाइएको छ ।
यता नगरपालिकालाई प्लास्टिक मुक्त नगर बनाउनका लागि नयाँ कार्यक्रम थालनी गरिएको नगर प्रमुख खड्गबहादुर खत्रीले बताए ।
— कारोबार
FACEBOOK COMMENTS