काठमाण्डौ– राजस्व अनुसन्धान विभागले चार अर्ब एकरो ३६ लाख् कर छली गरेको अभियोगमा तीनवटा फमलाई नियन्त्रण लिएको छ ।
नियन्त्रणमा लिएका फर्ममध्धे शिब इन्टरप्राइजेज र मण्डला इन्टरप्राइजेज विरुद्ध जिल्ला अदालत रुपन्देहिमा मुद्दा दर्ता गरिएको छ । भने हिमालयन कार्गोको मुद्दम आज जिल्ला भदौ १ मा जिल्ला अदालतमा दर्ता हुदै छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले हिमालय कार्गोबाट २ अर्ब ७२ करोड राजस्व असुल गर्ने गरी मुद्दा दर्ता हुन लागेको बताएका छन् । यसमा नेपालगञ्ज भन्सार कार्यलयका प्रमुखसहित ६ जना कर्मचारी पनि तानिदै छन् ।
शिव इन्टरप्राइजेजले एक अर्ब १३ करोडको बिगो माग गरिएको छ । त्यस्तै मण्डला इन्टरप्राईजेजका प्रो. शाशंक खनाल र मतियार राजकुमार गुप्तालाई राजस्व चुहावटको अभियोगमा ६ करोड ७९ लाग विगो र जरिवाना सहित कैद सजाय माग सहित मुद्दा दर्ता गरिएको छ । -अन्नपूर्ण पाेष्ट
FACEBOOK COMMENTS