काठमाण्डौं, २० जेठ -नेपाल चेम्वर अफ कमर्सले आन्तरिक राजश्व बिभागको कर ताकेता सूचनाप्रति आपत्ती जनाएको छ । जेठ २० मा जारी उक्त सुचना बारे बिमत्ती जनाउदै चेम्बरले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
नेपाल चेम्वर अफ कमर्सद्दारा प्रेषित धारणाको पुर्णपाठ –
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व बिभागको कर बिवरण एवम रकम वुझाउने आज २० गते प्रकाशित सूचनाप्रति नेपाल चेम्वर अफकमर्सको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड -१९ को प्रकोपका कारण बिगत ७० दिन देखि मुलुक लक डाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प अवस्थामा रहेकोे छ । तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिक लगायतअन्य बैंकको व्याज किस्तातथाअन्य बिबिध खर्चहरु समेत धान्न नसकी रहेको अवस्था छ ।
आ.ब.२०७७र७८को प्रस्तुत बजेट सम्वोधनको क्रममा समेत व्यवसायीक क्षेत्रले भोगी रहेको कठिन चुनौतिलाइ स्वीकार गरि सकेको अवस्थापनि छ । यस्तो कठिन अवस्थामाव्यवसायीक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको अवस्थामाआयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको बिवरण र कर रकम लक डाउनको अवधिमा वुझाउने म्याद जारी हुनु आफैमा बिडम्वना पूर्ण रहेको छ ।
स्वास्थ सुरक्षाको प्रत्याभूतीका साथ लक डाउनको अवधिमाअविलम्व आथिक कृयाकलाप चलायमान बनाउन व्यवसायीक बातावरण सृजना गर्न अनुरोध गर्दछ । यस परिस्थितिमा लकडाउन समाप्त भइ व्यवसायीक वातावरण सुचारु भएको ३ महिनामा कर बिवरण एवम रकम वुझाउने व्यवस्थाका लागि मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने समग्र व्यवसायी क्षेत्रबाट जोडदार माग गर्दछ साथै बिद्यमान सूचना खारेज गरी व्यबसायीको माग बमोजिम नर्या सूचना जारी गर्न समेत अनुरोध गर्दछ ।
FACEBOOK COMMENTS