काठमाडौं– २१ करोड रुपैयाँ कर नतिर्ने ६ व्यावसायिक फर्ममाथि कर कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ।
मध्यमस्तरीय करदाता कार्यालय बबरमहलले लामो समयदेखि राजस्व बक्यौता राख्ने लोक इलेक्ट्रोनिक्स, कोहिनुर हिल हाउजिङ र ओरिएन्टल बिल्डरको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ।
यसैयरी ओरिएन्टल बिल्डरको पनि बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। यो कम्पनीले १२ करोड ४३ लाख रुपैयाँ कर चुक्ता गर्न बाँकी छ।
त्यसैगरी सवारी साधन बिक्रेता पशुपति अटो मोबाइल पर्सा तथा त्रिपुरेश्वर कन्डक्टर प्रालि माथि पनि कारबाही अघि बढाइएको कार्यालयले जनाएको छ ।
कार्यालयले यसअघि बक्यौता रहेका सम्पूर्ण करदाताको नाममा कर चुक्ता गर्न आउन सार्वजनिक सूचना प्रकाशन गरेको थियो।
FACEBOOK COMMENTS