ललितपुर, २३ जेठ – ललितपुरको मंगलबजारस्थित ढुंगेधारामा स्थानीय युवाको एक समुहले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । कोरोना महामारीका कारण सिंगो देश लकडाउन हुँदा पनि सरकारले कर तिर्नुपर्ने बताएपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।चैत्र ११ गते देखी निरन्तर लकडाउन झेलिरहेको अवस्था माझ कर तिर्न भन्दै सरकारले ताकेता गरे पछि पाटन क्षेत्रका युवाहरुले सरकारको त्यस कदमको प्रतिवाद गर्दै आएका छन् । शुरुमा जेठ २५ गतेसम्ममा सबै किसिमका करहरु बुझाउनु पर्ने बताएको सरकारले लचकता अपनाउदै असार ७ गते भित्र चुक्ता गर्नुपर्ने समय सीमा तोकेको छ । सरकारको उक्त निर्णय समेत उपर्युक्त नरहेको विरोधमा सहभागीहरुको भनाई छ । कर तिर्ने म्याद थप्नु पर्ने उनीहरुको माग रहेको छ ।
विरोध कार्यक्रममा सहभागी मध्ये एक युवा महिला उद्यमी पृथ बिन्दु महर्जन भन्छिन् ‘अहिले व्यापार व्यवसाय सबै ठप्प छ, कर्मचारीलाई तलब दिन सकिरहेको छैन, घर भाडा तिर्न सक्ने अवस्था छैन, हामी मध्ये कतिपयले बैंकको ब्याज तिर्नुपर्ने दायित्व छ । यस्तो अवस्थामा सरकारले राहत स्वरुप कर मिनाहा गर्नुपर्ने हो तर बिडम्बना सरकारले आम व्यवसायीको मर्का बुझेन, त्यसैले विरोधमा उत्रनुको विकल्प देखेनौ’, निशर्त म्याद बढाउनुपर्छ भन्ने हाम्रो माग छ’ उनले भनिन ।
FACEBOOK COMMENTS