काठमाण्डौँ — सरकारले श्रम स्विकृती सेवालाई विकेन्द्रिकरण गर्ने योजना अनुसार
कर्णाली प्रदेशबाट पनि पुनः श्रम स्वीकृती सेवा संचालन भएको छ ।
त्यस्तै यो हप्ता भित्र बाकी रहेका २ प्रदेशमा पनि पुनः श्रम स्वीकृती सेवा विस्तार गर्ने भएको छ ।
यही कार्यक्रम अन्र्तगत आईतबार कर्णाली र यही हप्ता प्रदेश ७ तथा प्रदेश १ बाट पनि पुनः श्रम स्विीकृती दिने योजना रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
आईतबार सुर्खेतको विरेन्द्रनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा सेवा शुरु गरी क्रमस धनगढी र विराटनगरबाट गर्ने तयारी रहेको छ ।
धनगढीबाट सेवा विस्तार शुरु गर्न प्रारीम्भिक प्राविधिक सेवा विस्तार गर्ने काम भईरहेको मन्त्रालयले जनाएको छ ।
अब धनगढी र सुर्खेतबाट पुनः श्रम स्विीकृती सेवा विस्तार गर्न बाकी रहेको छ ।
— कारोबार
FACEBOOK COMMENTS