काठमाडौं– युवा व्यवसायी सौरभ ज्योती स्याकार ट्रेडिङ कम्पनी प्रालिका अध्यक्ष तथा ज्योती ग्रुप अफ कम्पनिजका निर्देशक हुन् । सौरभ ज्योती नेपालमा अटोमोबाइल उद्योगको एक सफल र सुपरिचित नाम हो ।
काठमाडौंको व्यवसायी घरानामा जन्मिएका उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पद्म ज्योतीका जेठा छोरा हुन् । आफ्नो विद्यालय शिक्षा दार्जि्लिङ नर्थप्वाइन्टस्थित सेन्ट जोसेफ स्कुलमा पुरा गरेका उनले उच्च शिक्षा पनि भारतबाटै इन्जिनीयरीङमा गरेका छन् । १४ वर्षकै उमेरमा मोटर साइकल चलाउन सिकेँका सौरभ ज्योती मोटर साइकल शौखिन हुन् । उनको ग्यारेजमा पुराना र महंगा मोटर साइकलहरुको संग्रह नै छ ।
लगनशिल, शालिन र भद्र व्यक्तित्व सौरभ ज्योती उद्योग वाणिज्य महासंघको सदस्यमा १२ वर्ष देखि कार्यरत छन् । नाडाका पूर्वअध्यक्ष समेत रहेका ज्योती सानै उमेरमा ठूला ठूला अनुभव लिएर काम गर्दै आइरहेका छन् ।
सौरभले यसअघि दक्षिण एसियाली राष्ट्रको संगठन सार्क चेम्बर अफ कमर्सको युवा उद्यमी मञ्चको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका छन् । २०७० सालमा सम्पन्न सार्क चेम्बर अफ कमर्सको ५७औं कार्यकारी बैठक तथा १८औं साधारण सभाबाट ज्योति दुई वर्षका लागि अध्यक्षमा चयन भएका थिए ।
नेपालमा भएको अटोमोबाइल उद्योगको विकासमा उनको महत्वपुर्ण योगदान रहेको छ । ज्योती ग्रुपले विगत लामो समयदेखि नेपालमा होन्डा ब्रान्डका दुई पांग्रे सवारीसाधान बिक्री–वितरण गर्नुका साथै यस ग्रुपले धेरै क्षेत्रमा लगानी गरेको छ ।
यस ग्रुपको हिमाल आइरन, वायर, ज्योति स्पिनिंग, अक्सिजन तथा कृषि लगायत दर्जन भन्दा वढी व्यवसाय संचालन गरेको छ । हाल नेपाल वाणिज्य महासंघ राजश्व समितिका सभापति रहेका न्छ । ज्योति आगामी चैत्रमा २८ गते हुने महासंघ निर्वाचनमा एसोसिएट उपाध्यक्षका लागि उम्मेद्वारीको घोषणा समेत गरिसकेका छन् ।
नेपाली युवाका आइडल र सफल व्यवसायी सौरभ ज्योतीलाई उनको कामको उच्च मुल्याकंन गर्दै कर्पोरेट म्यागाजिनले आफ्नो दशौं बार्षिकोत्सवका अवसरमा कर्पोरेट युथ विजनेश लिडर अफ द ईअरबाट सम्मानित गरेको छ । सम्मान ग्रहण पश्चात आफ्नो मन्तब्य राख्दैं ज्योतीले आफ्नो कामलाई सम्मान दिएर लगनशील भई गरेमा अवश्य पनि सफलता हात लाग्ने बताए ।
उनले आफुले सधै मेहनत र लगनले काम गरेको बताउँदै त्यस कामको उचित मुल्याकनं गरी सम्मान प्रदान गरेकोमा कर्पोरेट विजनेश म्यागाजिन तथा कर्पोरेट म्यागाजिनलाई धन्यबाद व्यक्त गरे ।
FACEBOOK COMMENTS