काठमाडौँ, भदौ ४ – सहमति विपरित प्रहरीले बैंकका कर्मचारीलाई रोकेपछि बैंकर्स संघले उपत्यकाभित्रका सबै शाखा बन्द गर्न भनेको छ। बुधबारबाट सुरु भएको निषेधाज्ञामा पनि अत्यावश्यकीय सेवाभित्र पर्ने बैंक तथा वित्तीय संस्था सीमित खोल्न दिने मंगलबार साँझ स्थानीय प्रशासन, राष्ट्र बैंक र बैंकहरुबीच सहमति भएको थियो।
त्यसबिपरित स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई बाटैमा रोकेका छन्। कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृतहरु पनि बाटैमा रोकिएका छन्।प्रहरीले उनीहरुलाई घर पनि जान दिएको छैन भने अफिस पनि छिर्न दिएको छैन।
यस्तो भएपछि हामी कसरी बैंक खोल्न सक्छौं ररु अत्यावश्यकीय नै भएपनि सरकारले सहयोग नगरेपछि खोल्न सकिएनु बैंकर्स संघका अध्यक्ष भुवन दहालले बिजमाण्डूसँग भने, रोकिएका साथीहरुलाई प्रहरीले छाड्छू चै भनेको छ ।
प्रहरी र राष्ट्र बैंकसँग कुराकानी भएपछि बैंकहरुले चार कुनामा पर्ने शाखाहरु सीमित संख्यामा खोल्ने निर्णय गरेका थिए। त्यो निर्णय अनुसार बैंकहरुले उपत्यकाभित्र ६ देखि ८ वटा शाखा खोल्ने निर्णय गरेका थिए।
घरबाट निष्किनेबित्तिकै कर्मचारीलाई पक्राउ गरेपछि संघले राष्ट्र बैंकसँग कुराकानी गरेर आज शाखा बन्द गर्ने निर्णय गरेको हो।
एटीएम चलाउन भनेको छ। एटीएममा पैसा हाल्नका लागि पनि कर्मचारी त जानै पर्छ। आइटी चलाउनै पर्छु दहालले भने, क्लियरिङ गर्नै पर्यो होला। अनि कर्मचारीलाई बैंक पुग्न नदिएपछि कसरी खोल्न सकिन्छ ?
बैंकरका अनुसार, कतिपयलाई सडक किनारमा राखिएको छ भने कतिपयलाई नजिकको प्रहरी कार्यालयमै पुर्याइएको छ। सहमति विरुद्ध गएर काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको समेत बैंकरले बताएका छन्।
FACEBOOK COMMENTS