काठमाडौं, मंसिर १० – कर्मचारी संचय कोषबाट लिएकाे कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डूको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएकाे छ ।
कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई सिधै बैंक अफ काठमाण्डूको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्ने भएकाे हाे ।
बैंकले बुधबार एक विज्ञप्ती जारी गर्दै सबै ग्राहकहरुले बिना कुनै झनझट् काेषबाट लिएकाे कर्जा तिर्न सक्ने जनाएकाे छ । बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS