काठमाडौं, फागुन १२- बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल र सेन्चुरीयन युनिभर्सिटि अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्टबीच सोमबार सम्झौता भएको छ ।दुई कम्पनीबीच सोमबार नेपालको बित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा आपसी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
गएकाे साेमबारबाट बिएफआइएन र सियुटिएमको संयुक्त आयोजनामा लघुवित्त संस्थाका कर्मचारीहरुको लागि विश्वविद्यालय परिसर भुवनेश्वर, उडिसा, भारतमा संचालन गरिएको ५ दिने ‘नानो माइक्रो एण्ड एसएमइ इन्ट्रप्रेनरसिप इको सिस्टम डेभलपमेन्ट’ विषयक तालिमको उद्घाटन समारोहमा उक्त सम्झाैता भएको हो ।
समझदारी पत्रमा बिएफआइएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेयज्यूले र सियुटिएमको तर्फबाट उपकुलपति डा. सुप्रिया पट्नायकज्यूले हस्ताक्षर गरे ।
FACEBOOK COMMENTS