काठमाडौं, वैशाख २४- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चैत मसान्तसम्मको ५० प्रतिशत पारिश्रमिक कर्मचारीहरुलाई तत्काल दिन होटल संघ नेपाललाई आग्रह गरेको छ ।
‘होटल संघले लकडाउनका कारण आम्दानी हुन नसकेको भन्दै आफ्ना कर्मचारीहरुलाई १२.५ प्रतिशतमात्रै तलब भुक्तानी गर्ने निर्णय गरेसँगै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले यो परिस्थितीमा सबै मानवीय पक्षलाई समेत ध्यानमा राखी तत्काल पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाउन संघलाई आग्रह गरेको छ।
नेपाल सरकारले तत्कालका लागि ५० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने र ५० प्रतिशत लकडाउनपश्चात् तिर्नसक्ने निर्णय गरेको थियो ।
FACEBOOK COMMENTS