मदन तिमल्सेना,
तनहुँ, ०४ असोज -तनहुँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा )पार्टी प्रवेश तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । भानु नगरपालिका वडा नम्बर १ मा २०७ जना एकै चोटि नेपाली कांग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) प्रवेश गरेका छन् । उनीहरु भानु वडा नम्बर १ भन्सारका पदम थापा (पारस) र विष्णु अधिकारीको नेतृत्वमा पार्टी प्रवेश गरेका थिए ।
प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले तनहुँको भानु नगरपालिकालाई अबको स्थानीय चुनाबमा कांग्रेसमुक्त बनाउने बताएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले नेपाली कांग्रेसको द्वैध चरित्रका कारण भानुका जनताले दुःख पाएको हुँदा अब कांग्रेसमुक्त नगरपालिका बनाउनु पर्ने बताए ।
नेकपा प्रवेश गर्ने पदम थापाले काङ्ग्रेसका नेताहरुले जहिले पनि आफ्नो आफन्तहरुलाई मात्र हेर्ने गरेकाले पार्टी परित्याग गर्न वाध्य भएको बताए । प्रवेश गर्नेहरुलाई सांसद श्रेष्ठ (किसान )ले टिका र नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य शंकरनारयण श्रेष्ठले खादा लगाई स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटीका ॐ कुमारी पौडेल, गीता शाही, युवा संघका केन्द्रिय सदस्य सरन सापकोटा, जिल्ला संयोजक इश्वर बस्याल , सह-संयोजक भगवान श्रेष्ठ लागायतका नेताहरुको उपस्थित रहेको थियो ।
FACEBOOK COMMENTS