काठमाण्डौँ — नेपाली कांग्रेसले आर्थिक नीति परिवर्तन गर्ने भएको छ ।
विगतमा अपनाएका नीतिहरु कार्यान्वयनमा देखिएका समस्या र बदलिंदो परिस्थितिमा आर्थिक नीति परिमार्जन गर्नुपर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।
आर्थिक नीति परिवर्तनसम्बन्धी प्रस्ताव जारी केन्द्रीय समितिको बुधबारको बैठकमा प्रस्तुत गरिएको छ।
समग्र आर्थिक नीति प्रस्ताव समिति संयोजक एवं सहमहामन्त्री प्रकाशरण महतले बैठक प्रस्तुत प्रस्तावमा प्रमुख रुपमा पाँच आधार निर्धारण गरिएको छ।
प्रस्तुत आर्थिक नीति मूल आर्थिक समस्या पहिचान गरी तिनलाई सम्बोधन गर्दै मुलुकलाई समृद्धि उन्मुख बनाउन अपनाइनुपर्ने रणनीतिमा केन्द्रित रहेको समेत समिति संयोजक महतको भनाइ थियो।
— कान्तिपुर
FACEBOOK COMMENTS