काठमाडौं, भदौ ५ – काठमाडौँ उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको उनीहरुको शुक्रबार आएको रिपोर्टमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
भक्तपुरको दुवाकोटस्थित नम्बर – ११ गुह्वेश्वरी गणमा कार्यरत २० जनामा र कीर्तिपुरस्थित नम्बर १८ – निलबाराही गणमा कार्यरत १६ जनामा कोरोना पोजेटिभ देखिएको सशस्त्रका प्रवक्ता राजु अर्यालले बताए ।
प्रवक्ता अर्यालका अनुसार उनीहरुको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो । योसँगै सशस्त्र प्रहरी बलका ३ सय ७८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १ सय ५४ जना निको भएको प्रवक्ता अर्यालले जानकारी दिए । प्रतिशतले कोरोना जितेर घर फर्के
FACEBOOK COMMENTS