काठमाडौं -काठमाडौंमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिने क्रम जारी छ। बिहीबार पनि ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।
मन्त्रालयका अनुसार बिहीबार मुलुकभर १०८ जनामा कोरोना संक्रमण देखिएको छ।हालसम्म कोरोनाबाट संक्रमित हुनेको १६ हजार ५३१ संख्या पुगेको छ। गत २४ घन्टामा पीसीआर विधिबाट ४ हजार ५८८ नमूना परीक्षण भएका छन्। मन्त्रालयका अनुसार २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ। गरिएको मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या पुगेको २४ हजार ४२५ छ भने आइसोलेसनमा ८ हजार ६०५ जना रहेका छन्।
गत २४ घन्टामा १३९ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन्। मन्त्रालयका प्रवक्ता डा।गौतमका अनुसार योसहित कोरोना जित्नेको ७ हजार ८९१ संख्या पुगेको छ। यस्तै मन्त्रायका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोनामुक्त भएका छन्। नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण घट्दै गएको मन्त्रालयको दावी छ।
हालसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भइसकेको छ।
FACEBOOK COMMENTS