काठमाडौँ, भदौ २९ – काठमाडौं उपत्यकाको २० वटा अस्पतालमा करिब २ हजार जना कोरोना संक्रमित उपचाररत छन्। १ हजार ७ सय आइसोलेसन, १ सय १ आइसियु र १९ जना भेन्टिलेटरमा गरी १ हजार ८ सय २१ जना संक्रमित उपचाररत छन्।
२० अस्पतालमध्ये नेपाल प्रहरीमा मात्र ३ सय ७२ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये ३ सय ६९ आइसोलेसन र ३ जना आइसियुमा छन्।
नेपाल प्रहरी अस्पतालपछि सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा सबैभन्दा धेरै संक्रमित छन्। सशस्त्र अस्पतालमा १ सय ८८ आइसोलेसन, ९ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
इछान्गु नारायण आइसोलेसन सेन्टर रानीवनमा १ सय ८४, किर्तीपुर आयुर्वेद अस्पतालमा १ सय ५९, महेश मनमोहन अस्पताल दहचोकमा १ सय १६ जना संक्रमित छन्। यी अस्पतालमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्।
मन्त्रालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा ८८ आइसोलेसनमा ८ आइसियु र ४ जना भेन्टिलेटरमा गरी १ सय जना संक्रमित उपचाररत छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २५ आइसोलेसन, १६ आइसियु र ४ भेन्टिलेटरमा गरी ४५, त्रिवि शिक्षण अस्पतालमा ८० आइसोलेसन, ६ आइसियुमा गरी ८४ जना, काठमाडौं मोडल कलेज दुवाकोटमा ६४ आइसोलेसन र ३ आइसियु गरी ६७ जना संक्रमित छन्।
स्वास्थ्य मन्त्रालयले काभ्रेको धुलिखेल अस्पताल, शीर मेमोरियल र स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रलाई समेत उपत्यकाको अस्पतालको सूचीमा राखेको छ।
यस्तै, धुलिखेल अस्पतालमा १७ आइसोलेन र १ आइसियु गरी १८, श्री वीरेन्द्र अस्पतालमा ७४ आइसोलेसन र १३ आइसियु गरी ८७, भक्तपुर अस्पताल कोभिड उपचार केन्द्रमा १७, खरिपाटी आइसोलेसन सेन्टरमा ८२, वीर अस्पतालमा ५९ आइसोलेसन र १० आइसियुमा गरी ६९ जना संक्रमित उपचाररत छन्।
स्पाइनल इन्जुरी पुनर्थापना केन्द्र काभ्रेमा ६७, शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपामा ८, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १५ आइसोलेसन, २ आइसियु र ५ भेन्टिलेटरमा गरी २२, मेघा अस्पतालमा ४० आइसोलेसन, १२ आइसियुमा गरी ५२ जना संक्रमित छन्।
यस्तै, ह्याम्स अस्पतालमा ३२ आइसोलेसन, ९ आइसियु र ३ भेन्टिलेटरमा गरी ४५, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा १६ आइसोलेसन, ९ आइसियु र २ भेन्टिलेटरमा गरी २७ जना कोरोना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS