काठमाडौं, कार्तिक १४ – काठमाडौं उपत्यकामा आलुको मूल्य अचाक्ली बढेको छ । थोक बजारमा ६४ देखि एक सय रुपैयाँसम्म कारोबार भइरहेको आलुको मूल्य खुद्रामा भने १५० रुपैयाँसम्म पुर्याइएको छ ।
व्यवसायीका अनुसार बजारमा माग बमोजिम आलु उपलब्ध छैन । त्यसमाथि खुद्रा पसलेले मनपरी मूल्य गर्दा उपभोक्ताहरु मारमा परेको होलसेल व्यवसायीहरुको दाबी छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारले शुक्रबारका लागि तोकेको मूल्यअनुसार रातो आलुको अधिकतम थोक मूल्य एक सय, भारतीय आलुको ६६ र नेपाली सेतो आलुको प्रतिकिलो मूल्य ८५ रुपैयाँ छ । तर, खुद्रामा भने प्रतिकिलो १५० रुपैयाँसम्ममा आलु बिक्री गरिएको गुनासो उपभोक्ताले गरेका छन् ।
नेपालमा आलु खेति कम हुन थालेको र बेमौसमका कारण भारतबाट आलु आउन छाडेकाले बजारमा आलुको मूल्य बढेको कालीमाटीका आलु ब्यापारी बलराम भट्टराई बताउँछन् ।
FACEBOOK COMMENTS